सुन तस्करीमा उच्चस्तरीय छानबिन माग गर्दै संसदमा एमालेको नाराबाजी

सुन तस्करीमा उच्चस्तरीय छानबिन माग गर्दै संसदमा एमालेको नाराबाजी

साउन १५ गतेसम्मका लागि बैठक स्थगित



काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् । एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

बिहीबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो ।

सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा समेत मागेको छ ।