महासमिति मंसिर ११ मा र केन्द्रीय समितिको बैठक असोज २ मा बोलाउने निर्णय

महासमिति मंसिर ११ मा र केन्द्रीय समितिको बैठक असोज २ मा बोलाउने निर्णय



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नीति अधिवेशनको साटो महासमिति बैठक बोलाउन प्रस्ताव गरिएको छ ।

पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन् ।

मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । कांग्रेस विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।

त्यसैगरी केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक समापन गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन् ।

कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ ।