काठमाडौं । निर्माण व्यवसायीहरूले हेभी यन्त्र उपकरण तथा औजार सहित दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटर अगाडि बिहान ९ बजेदेखि प्रदर्शन गरिरहेका छन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित संघीय राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।
निर्माण व्यवसायीहरुले हिजो बिहान सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बालुवाटार अगाडि धर्ना दिएका थिए भने दिउँसो सेफ्टी हेल्मेट र ज्याकेट लगाएर नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेका थिए ।
आज दिउँसो ३ बजे हेभी यन्त्र उपकरण तथा औजार सहित नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गर्ने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
यो पनि,
प्रतिक्रिया