-मोहनराज खनाल ‘बर्मेलीराज’–
बास बसेको त संसारमै हो
चाहे यही शरीर होस्
चाहे आत्मा
सत्ययुग होस् या द्वापर
त्रेतायुग होस् या कलि
एकै आत्माको अनेक स्वरूप
अनेकौं जीव समूह र समुदायको भीड
बाँच्ने कला आफू गुना छ
स्वर्गको सजावट यहीँ छ
नरकको दरबार पनि यहीँ छ
वैकुण्ठ आदि ब्रह्मलोक हृदयबीच
पवित्रमनभित्र पवित्र आत्माको बास
चाौरासी लाख चेाला फेर्नुपर्दा पनि प्राणी थाकेन
मायाको नौनी भुलैभुलको सागरमा
आशावादी प्राणीमा पर्छ मान्छे
बास बसेको संसारमै हो….
यहाँसबैले मर्नुपर्छ
मरेपछि जन्मिन्छ या फुत्किन्छ
मुक्ति आफ्नै हृदयमा छ
अनेक तर्कवितर्कको अथाह सरोबर
कहिले विकाशको उत्साहमा उत्साहित हुन्छ
कहिले विनाशकारी झंझट र झमेलामा
मन आतंककारी बनाउँदै
कतै आर्त पुकार गरिरहेको हुन्छ
ओैसरवादीहरूबीच
कतै अवकाश प्राप्त गरेको हुन्छ
कतै आकाश गुमाएको हुन्छ
अनेकानेक हिंसात्मक प्रवृत्तिमा
अन्धाधुन्ध अन्धो र बहिरो बनिसकेको हुन्छ
बास बसेको त संसारमै हो।
आफूलाई दुख्छ दुख्नेव्यथा एउटै हो
गरिबी धनी साधु सन्त र महात्मासम्म
कतै मानसिक व्यथामा
कतै (आड्रिसे) आरिसे कथामा
कतै आँखा चिम्लेर व्यथा सहनुपर्ने
कतै आँखा छलेर कथा सजाउनुपर्ने
छल कपटपूर्ण दलालको रूपमा
सत्ता, पैसा, घर, जमिन, सुन्दर,सुन्दरी
र पनि भोकै छ संसारी मन
बास बसेको त संसारमै हो…..
याङ्गुन,म्यान्मा (बर्मा)
प्रतिक्रिया