मोडल दीपासा बीसीको निधन

मोडल दीपासा बीसीको निधन



काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसीको निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएकाे छ । उनको मृत्युको कारण खुलिसकेको छैन ।

दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।