कोसीमा सरकार नछाड्न एमालेलाई शेखरकाे आग्रह

कोसीमा सरकार नछाड्न एमालेलाई शेखरकाे आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेशमा आफूहरुले नेकपा (एमाले)लाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोसी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए । उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे ।

फरक प्रसंगमा नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिँदै सामाजिक सञ्जालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।