विपिन जोशीलाई हमास समूहले लगेको पुष्टि, खोजी कार्य जारी

विपिन जोशीलाई हमास समूहले लगेको पुष्टि, खोजी कार्य जारी


ग्लोब नेपाल
270
Shares

काठमाडौं । गत असोज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको पुष्टि भएको छ ।

इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।

तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

जोशीको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरेका थिए। परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताए।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।