चितवनमा बोराभित्र भेटियो दुइवटा शव

चितवनमा बोराभित्र भेटियो दुइवटा शव



चितवन । चितवनमा बोराभित्र पोको पारेको अवस्थामा दुइवटा शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो ।

बुधबार दिउँसो अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ । शवको सनाखत हुन बाँकी छ ।