काठमाडौं । सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतम पुनः राजनीतिमा सक्रिय भएकी छन् । केही समयअघि रेश्म चौधरीको नागरिक उन्मुक्ति पार्टी छोडेर राजनीतिबाट सन्यास लिएको घोषणा गरेकी गौतम विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेट गरेकी थिइन् । उनले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलमा सक्रिय राजनीति गर्ने तयारीमा जुटेको बुझिएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरिसकेकी एलिजाले पछिल्लो समय माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकी छन् । एमालेमा कुनै स्थान नपाउने पक्कापक्की भएपछि उनी माओवादी क्याम्पतिर पाइला अगाडि बढाएको बताइन्छ । अध्यक्ष तथा प्रधानमन्त्री दाहालले एजिलालाई राम्रै आश्वासन दिएको बुझिएको छ । त्यही आश्वासनबाट हर्षित मुद्रामा एलिजा प्रधानमन्त्री निवास बालुवाटारबाट फर्किएको समाचारस्रोतको दाबी छ ।
प्रतिक्रिया