गाजा क्षेत्र कहिल्यै नबन्ने गरि ध्वस्त भइरहेको राष्ट्रसंघको ठहर

गाजा क्षेत्र कहिल्यै नबन्ने गरि ध्वस्त भइरहेको राष्ट्रसंघको ठहर



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्र कहिल्यै पुर्ननिर्माण गर्न नसकिनेगरि ध्वस्त भइरहेको बताउनुभएको छ ।

इजरायलको लगातारको हवाइ तथा स्थल आक्रमणले गाजा क्षेत्रका सर्वसाधारणले ज्यान गुमाइरहेको उहाँको टिप्पणी छ । गाजाका सर्वसाधारण कुनैपनि ठाउँमा सुरक्षित नरहेको तथा उनीहरुको आश्रयस्थल समेत नरहेको भन्दै महासचिव गुटेरेसले राष्ट्रसंघको सुरक्षा परिषद्लाई मानवीय संकट टार्न आवश्यक कदम चाल्न आव्हान समेत गर्नुभएको छ ।

उता अमेरिकी सिनेटले इजरायल र युक्रेनलाई सैन्य सहयोगसम्बन्धी एउटा प्रस्ताव रोकिदिएको छ । राष्ट्रपति जो बाइडेनले पेस गर्नुभएको प्रस्तावलाई सिनेटमा बहुमत रिपब्लीकन सांसदहरुले रोकिदिएका हुन् ।

यो प्रस्तावमा रुससँग युद्ध लडिरहेको युक्रेनलाई झण्डै ६१ बिलियन अमेरिकी डलर सहायताको प्रस्ताव गरिएको थियो । यसैगरी इजरायललाई सैन्य सहयोगको लागि ५० बिलियन डलरको प्याकेज थियो । सिनेटको यो निर्णयपछि अमेरिकाका साझेदार मुलुकहरु इजरयाल र युक्रेन भने क्रुद्ध भएका छन् ।