टेक्सासको उवाल्डेको एउटा स्कुलमा नरसंहार गर्ने साल्वाडोर रामोस भर्खरै १८ वर्ष पुगेका थिए । उक्त बन्दुक आक्रमणमा १९ विद्यार्थी र २ अध्यापकको हत्या भएको थियो । १८ औं जन्मोत्सवमा रामोसले आफैलाई दुईवटा बन्दुक उपहार दिएका थिए । एआर–१५ टाइप आटोमेट्रिक दुई बन्दुकसँगै उनले ३ सय गोली पनि किनेका थिए । एआर–१५ बन्दुक आक्रमणमा प्रयोग हुने…