अमेरिकी राष्ट्रपति बाइडेन र इराकी प्रधानमन्त्री अल सुडानीबीच भेटवार्ता

इरानले इजरायलमाथि गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । सन् २०२२ को अक्टोबरमा पदभार ग्रहण गरेपछि सुडानीको पहिलो वासिङ्टन भ्रमण मूलतः जिहादविरोधी गठबन्धनअन्तर्गत इराकमा अमेरिकी सेनाको उपस्थितिमा केन्द्रित हुने अपेक्षा गरिएको थियो । तर इराकको छिमेकी इरानले शनिबार इजरायलमाथि व्यापक क्षेप्यास्त्र र ड्रोन…