अमेरिका । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको संख्या १८० पुगेको छ । दक्षिण–पूर्वी अमेरिकी राज्यहरू यस आँधीको चपेटामा आएका थिए । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । आँधीका कारण भएको क्षतिको अवलोकन गर्न बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए । ह्यारिस बुधबार जर्जिया गएकी थिइन्…