क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र अलअहलीबीच बराबरी

काठमाडौं । क्लब विश्वकप २०२५ को प्रारम्भिक खेल रोमाञ्चक भए तापनि गोलरहित बराबरीमा टुंगिएको छ। अमेरिकाको हार्ड रक स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल–अहलीले एक अर्काविरुद्ध गोल गर्न सकेनन्। खेलको अन्तिम समयमा इन्टर मियामीका कप्तान लिओनल मेसीले निर्णायक प्रयास गरेका थिए। अतिरिक्त समयको ९६औं मिनेटमा उनले दायाँ छेउबाट हानेको कर्लिङ…