काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा अनिल कुमार साह, प्रतिश जि.सी, विवेक यादव र आकाश चन्दलाई बेन्चमा राखेको छ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ…