डेलिगेट भण्डारीलाई विद्यावारिधि

वाशिङ्टन डिसी । अमेरिकाको मूलधारको राजनीतिमा सक्रिय नेपाली मूलका पहिलो डेलिगेट ह्यारी भण्डारीले युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधि गरेका छन् । मङ्गलबार विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा भण्डारीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । आफनो जन्मभूमिप्रतिको सम्मान प्रकट गर्न भण्डारीले नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएर उपाधि ग्रहण गरेका थिए । दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रेसिडेन्ट फ्रिम्यान ए.…