काठमाडौं । एनआरएनएको अध्यक्षमा हेमराज शर्मा चयन भएका छन् । अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले पनि उम्मेदवारी हापेपछि शर्मा निर्विरोध अध्यक्ष भएका हुन् । बज्राचार्यले एकताको महाधिवेशन भएको र निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको जानकारी गराए । अध्यक्षको दाबीबाट पछि हटेका बज्राचार्य उपाध्यक्ष पदमा रहन राजी भएका छन् ।…