जापानमा नेपाल फेस्टिबल

टोकियो । जापानमा नेपाल फेस्टिबल मनाइएको छ। कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो । राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिवल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो। फेस्टिवललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो।…