काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाली भ्रमणमा आएकी हुन् । उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए । उनले आज तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठसँग दुई पक्षीय वार्ता गर्ने बताइएको छ…