सहकारीको रकम अपचलनबारे छानबिन गर्न आज संसदीय समिति बनाउने तयारी

काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भएको अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने तयारी गरिएकाे छ । आज समिति गठन भएपछि संसदको अवरोध पनि हट्ने नेताहरुले बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदल बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी र कम्पनीकाे नाम लेख्ने तर व्यक्तिको नलेख्ने सहमति भएको हो ।…