काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे साझा धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक छलफल गर्न लागेको हो ।…