तनहुँ पुगेर अध्यक्ष ओलीले भने, राष्ट्रपतिले काँग्रेसको प्रतिनिधि भएर काम गरे

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रूपमा काम गरिरहेको आरोप लगाएका छन् । राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रूपमा पुगेको ओलीको जिकिर थियो। पार्टीको जनसङ्गठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष…