काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना दुई महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । काँग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन गर्नेछ । उनीहरू प्रभावित क्षेत्रमा यी ७ विषयमा केन्द्रित रहनेछन्…