काठमाडौं । कांग्रेसले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूलाई राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिएको छ । भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि कांग्रेसले तत्कालीन र अल्पकालीन २१ सुझाव कार्यान्वयनमा ल्याउन भनेको हो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र…