काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पुर्याएर मात्र गर्नुपर्ने बताएका हुन् । यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले…