सांसदको प्रश्न आउट भएकोमा रघुजी पन्तको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद् बैठकमा सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न लागिएका प्रश्नहरु आउट भएकोमा आपत्त जनाएका छन् । प्रतिनिधिसभामा जारी सांसद-प्रधानमन्त्री प्रश्नोत्तरका क्रममा उनले बरु स्कुल-कलेजका परीक्षाको प्रश्न र प्रधानमन्त्रीलाई सांसदले सोध्ने प्रश्न आउट हुन नहुने तर्क गरे। पन्तले भने, 'सांसदहरूले सोध्ने प्रश्न संसद्‍मा सोधिनुअघि नै कसले आउट गर्‍यो ? सांसदले प्रश्न नसोध्दै…