टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त दुईजना बाहेक सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो । उक्त आदेशसँगै नेकपा एमालेबाट निलम्बित सचिवसमेत रहेका टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३…