बालकृष्ण खाँणलाई भेट्न हिरासत पुगिन् मञ्जु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न श्रीमती मञ्जु खाँण प्रहरी हिरासतमा पुगेकी छन् । सोमबार बिहान उनी काठमाडौँ प्रहरी परिसर टेकु पुगेकी हुन् । उक्त प्रकरणमा मञ्जु समेत मुछिएको सार्वजनिक भएपछि उनी सम्पर्कविहीन भएकी थिइन्। पुर्वगृहमन्त्री खाँण पक्राउ परेको १३ दिनपछि उनी श्रीमानलाई भेट्न हिरासत पुगेकी…