काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि राजधानी काठमाडौँबाट आफ्नो गृह जिल्ला फर्किनेहरूको आज चाप रहेको छ। काठमाडौँका बसपार्कहरूमा यात्रुहरूको बाक्लो भीड देख्न सकिन्छ । रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् । भोलि सार्वजनिक यातायात नचल्ने भएकाले आजै मतदानका…