काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिए । यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका…