सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । उपाध्यक्ष विष्णु पौडेलकाअनुसार भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो ।…