प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु

काठमाडौं । संसदबाट दोस्रोपटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुने सत्ता साझेदार दलहरुले बताएका छन् । मन्त्रालय भागवण्डामा केन्द्रीत बनेका सत्ता साझेदार दलहरुले अब केही दिन भित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । संसद्‍मा सिट संख्याका आधारमा…