टीआरसी विधेयक पारित भएकोमा अमेरिका सहित ९ देशले गरे स्वागत

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् । हालै बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन नेपालको संघीय संसदको दुवै सदनले पारित गरेका थिए र बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ…