जसपा रौतहट जिल्ला अध्यक्ष पटेलद्वारा पार्टी परित्याग

गौर । जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको भन्दै पटेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण आफूले पार्टीबाट राजीनामा दिएको पटेलले बताए । ‘अहिले चुनावमा मतदातासमक्ष जान…