रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवार विहीन !

काठमाडौं । सत्तारुढ पाँचदलिय गठबन्धन रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारविहीन बनेको छ । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले उक्त क्षेत्रमा राजु गुरुङलाई उम्मेदवार बनाएको थियो । उनको उम्मेदवारीविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो। आफ्नो उम्मेदवारी…