काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक महिनाभित्र समाधान गर्ने दाबी गरेको छ । यस क्रममा एमालेले ‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा…