काठमाडौं । काठमाडौं ५ मा १४ जना स्वतन्त्रसहित ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रदाँ यहाँको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । यो निर्वाचन क्षेत्रमा २०५६ र २०७४ सालको निर्वाचनमा एमालेबाट ईश्वर पोखरेल निर्वाचित हुँदा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट नरहरि आचार्य निर्वाचित भएका थिए । आगामी निर्वाचनका लागि काठमाडौं–५ मा एमालेका वरिष्ठ…