काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर रुपमा प्रहार भएको जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सदनबाट पारित भएको पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका हुन् । 'संसदको दुवै सदनबाट दुईदुई पटक पारित…