काठमाडौं । संघिय संसदको तल्लो सदन प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराभदौ १५ गते बयानका लागि बोलाउने भएको छ । बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । यससँगै समितिले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पारित गरेको छ ।…