काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरी सोमबारका लागि बोलाइएको हो । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरू पनि सहभागी छन् । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर श्रेष्ठ समूहले असन्तुष्टि सार्वजनिक गरेपछि…