रौतहट कांग्रेसले आजदेखि वडा अधिवेशनको प्रक्रिया थाल्ने

रौतहट । नेपाली कांग्रेस रौतहटले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि अधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ। शनिवार गरुडास्थित जिल्ला कार्यसमितिको विस्तारित बैठकले आज आइतबारदेखि वडा अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। जिल्ला सभापति सुनिलकुमार यादवको अध्यक्षतामा बसेको विस्तारित बैठकले वडा तहमा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने निर्णय गरेको जिल्ला…