काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणको लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको बताएका छन् । अख्तियारको ३५ औँ स्थापना दिवसको अवसरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘राजनीतिक पदाधिकारीको कार्य संस्कृतिमा हुने सकारात्मक परिवर्तनले प्रशासनिक क्षेत्रलाई पनि मार्गदर्शन हुन्छ ।’ लोकतन्त्रको सुदृढीकरण हाम्रो चाहना भएको उल्लेख गर्दै पौडेलले भने, ‘भर्खरै युवा…