काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जीले विद्रोह गरेको तर सरकार जेन–एक्सको बनेको टिप्पणी गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले सरकारको बनोटप्रति विरोध दर्ज गरेको टिप्पणी गरेका हुन् । ‘सम्पूर्ण नागरिकहरुको प्रतिक्षालाई चिर्दै पूर्वन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन–जी र जनताको अपेक्षाविपरीत बन्न पुगेको छ…