उपसभामुखलाई हटाउने प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलको बैठकले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राखेको बैठकले उपसभामुखलाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि विपक्षी दलको बैठक बसेको थियो । बैठकपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले…