विराटनगर । नेकपा एमालेको संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा नजान पार्टी पंक्तिलाई निर्देशन दिएको छ । हिजोदेखि मोरङमा रहेर पार्टीका कार्यकर्ता भेटिरहेकी भण्डारीको कार्यक्रममा नजान एमालेको विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले उर्दी जारी गरेका हुन् । उनले भनेका छन्, ‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे नेकपा…