काठमाडौं । स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि जेनजीले दोश्रो दिन मंगलबार बिहानैदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन थालेका छन् । बानेश्वर चोकमा जम्मा भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुका साथै ‘हाम्रा साथी फिर्ता दे सरकार’ जस्ता नारा लगाइरहेका छन् । सोमबारको प्रदर्शनका क्रममा १९ प्रदर्शनकारीले प्रहरीको गोलीबाट ज्यान गुमाएका थिए ।…