कांग्रेसले कसलाई किन गर्‍यो अनुशासनको कारबाही

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दर्जन बढी नेता कार्यकर्तालाई अनुशासन कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश महामन्त्रीदेखि क्रियाशील सदस्यसम्म छन् । लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य एवम् पूर्वमन्त्री तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवम् पूर्वमन्त्री…