रविको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता भएपछि लामिछाने आज कार्यालय खुल्नेबित्तिकै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए । लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना…