आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो…