अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा २५ जना बाँचे

अकताउ । कजाकिस्तानको अकताउ सहरमा बुधवार भएको एउटा यात्रुवाहक विमान दुर्घटनामा २५ जना बाँच्न सफल भएका छन् । ६७ जना सवार रहेका उक्त विमानमा २५ जना यात्रुहरू बाँचेको र यीमध्ये २२ जनालाई अस्पताल लगिएको स्थानीय अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । अवतरण गर्ने क्रममा विमानमा आगो लागेको काजकिस्तानको आकस्मिक मन्त्रालयले बताएको छ ।…